लुम्बिनी

नगरसभामा चार विधेयक प्रस्तुत

बुटवल । आजदेखि शुरु भएको बुटवल उपमहानगरपालिकाको चौैथो नगरसभाको प्रथम बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

बैठकको शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयक प्रस्तुत गर्न अनुमति दिएसँगै ती विधेयक प्रस्तुत भएका हुन् । नगरसभामा प्रस्तुत विधेयकमध्ये उपप्रमुख गुमादेवी आचार्यले न्यायिक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक–२०७५ र सामाजिक समिति संयोजक¬ सीताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गरे ।

यस्तै आर्थिक विकास समितिका संयोजक टङ्कप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ ९पहिलो संशोधन विधेयक, २०७५० प्रस्तुत गर्नुभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए । नगरसभाको अर्को बैठक यही पुस २९ गते आइतबार बस्नेछ ।