कृषि

भूमिहीनको लगत लिइने

काठमाडौँ । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दिया, बाँके, कपिलवस्तु, दाङ र कञ्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत लिन थालिएको छ ।

मन्त्रालयले भूमिहीनको लगत वस्तुनिष्ट र छिटो सङ्कलन गरिने भएकाले स्थानीय तहबाट गरिने छ । सरकारले १३ जिल्लाको लगत सङ्कलन गरेपछि पुनः अरु जिल्लाको पनि सङ्कलन गर्ने छ ।