स्वास्थ्य

डा. केसीको दाबीः अब मेरो अनशन स्वास्थ्यमा ओली र प्रचण्डको गिद्दे नजर बिरुद्ध

काठमाण्डौ । सरकारसंग मेडिकल सुधारको माग गरेर १५ पटक मम्म अनसन बसेका त्रिवि शिक्षण अस्पालका आवाशीय चिकित्शक प्रा. डा. गोबिन्द केसी पुनः अनशन बस्ने भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारसंग पछिल्लो समयमा मेडिकल सुधारको लागि भएको सहमती विपरीत निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दहालसंग आक्रोशित हुंदै उनीहरुका बिरुद्धमा बुधबार केहीबेरमा अनशन बस्ने बताएका छन् ।

प्रा. डा. केसी अनशन बस्नका लागि प्रनदेश नम्बर १ स्थित ईलाम पुगिसकेका छन् ।  डा. केसीले पत्रकारसंग कुरा गर्दै सरकारले जनतालाई धोका दिएको र त्यसका बिरुद्धमा आफू लड्ने बताएका छन् । उनले भने ओली र प्रचण्डको फाईदाका लागि केही माफियासँग मिलेर समितिले समेत ऐन बनाएको छ, त्यसका बिरुद्ध शान्तीपूर्बक आन्दोलनको बिकल्प छैन ।

त्यसैले १६ औं पटक अनशन बस्ने जानकारी दिए । अबको आफ्नो आमरण अनशन स्वास्थ्य क्षेत्रमा प्रधानमन्त्ती ओली र नेकपा अध्यक्ष प्रचण्डको गिद्दे नजर बिरुद्ध मा भएको डा. केसीको निश्कर्ष छ ।