खेलकुद

चेल्सीमाथि टोटनह्यामको जित, ह्यारी केनले गरे निर्णायक गोल

लन्डन। इंग्लिस इएफएल कपअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा टोटनह्यामले चेल्सीलाई १-० गोलले पराजित गरेको हो।

टोटनह्यामको जितमा कप्तान ह्यारी केनले निर्णायक गोल गरे। उनले खेलको २६ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। टोटनह्यामका लागि २५ पेनाल्टी प्रहार गरिसेका उनी २१ पटक सफल भएका छन्। चेल्सीका गोलकिपर इरिजाबालागाले केनमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए।

लिगको अर्को सेमिफाइनलमा बुधबार म्यानचेस्टर सिटीले बर्टनविरुद्ध खेल्दैछ। दुवै सेमिफाइनलको दोस्रो लेग २ सातापछि हुनेछ।