अन्तर्राष्ट्रिय

विश्व बैंकका अध्यक्ष किमद्वारा राजीनामा

एजेन्सी । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रूपमा राजीनामा  दिएका छन्।

उनले आगामी फेब्रअरी १ देखि लागू हुने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन्। कार्यकाल सकिनु तीन वर्ष अघि नै राजीनामा दिनुको कारण भने केही खुलाइएको छ।

उनी सन् २०१७ मा सन् २०२२ सम्मका लागि विश्व बैंकको अध्यक्ष निर्वाचित भएका थिए ।  किम अब विकासोन्मुख देशमा पूर्वाधार विकासका लागि आवश्यक पर्ने लगानी बढाउने काममा सक्रिय हुने विश्व बैंकले उल्लेख गरेको छ।