आर्थिक

राष्ट्र बैंकले चार अर्ब २५ करोडको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।

बैंकले आइतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि तीन अर्ब २५ करोड रुपैयाँ र ९१ दिने अवधिको एक अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो ।

बैंकले यसअघि छ अर्ब १२ करोड रुपैयाँको ९१ दिने र ३६४ दिने आठ अर्ब २९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।