अन्तर्राष्ट्रिय

बन्द घरमा आगलागी हुदाँ पोल्याण्डमा पाँच किशोरीको मृत्यु

पोल्याण्ड । हिटरमा समस्या आएपछि पोल्याण्डमा भएको आगलागीमा परी पाँच किरोशीको मृत्यु भएको छ । पोल्याण्डको उत्तरी क्षेत्रमा रहेको एउटा घरको बन्द कोठाभित्र रहेका बेला हिटरमा समस्या उत्पन्न भएपछि भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

कोस्जालिन सहरमा शुक्रबार यो आगलागीको घटना भएको हो । करिब १५ आसपासमा ती किशोरीहरुको शव उद्धारकर्ताहरुले निकालेका छन् । अग्नी नियन्त्रकहरुले ती किशोरीहरु मध्ये एक जनाको जन्मदिन परेकाले जन्मोत्सव मनाउनेक्रममा आगलागी भएको बताएका छन् । उनीहरु ढोका लगाएर कोठा भित्र खेलिरहेका थिए ।

घटनामा परी डडेर घाइते भएका एक जना २६ बर्षीय व्यक्तिलाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । हिटरनजिकै रहेको ग्यास सिलिण्डरबाट ग्यास चुहिएपछि आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । आगलागीबाट घर भित्रका सामानहरुमा समेत क्षति पुगको घटनास्थलमा पुगेका उद्धारकर्ताहरुले जानकारी दिएका छन् ।