काठमाण्डौ । नेपाली काँग्रेसका पुर्बमहामन्त्री प्रकाशमान सिंहले ओली सरकार एकपछि अर्कौ गल्ती गर्दै गएपछि काँग्रेससंग आत्तिएको बताएका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आत्तिएर निर्मला पन्तको हत्याको अनुसंधान छाडेर वाईडबडीमा आएको बिबादलाई असंबैधानिक तवरले छानबिन समिति गठन गरेर भ्रष्टाचार ढाकछोप गर्ने रणनीतिमा लागेको दाबी गरेका छन् ।
पुर्ब उपप्रधानमन्त्री समेत रहेका प्रकाशमान सिँहले केन्द्रीय सृजनशिल महिला सन्जालद्वारा आयोजित काठमाण्डौको क्षेत्र नम्बर १ को कार्यक्रममा प्रमुख आतिथीको रुपमा बोल्दै उक्त कुरा बताएका हुन् । समाजसेवामा उत्कृष्ट कार्य गर्ने महिला प्रशिक्षार्थी, पत्रकार महेन्द्र पाण्डे, कृष्ण सापकोटा लगायतलाई सम्मान गर्दै उनले काँग्रेसले अब एकढिक्का भएर हिंड्नुको बिकल्प नरहेको विचा ब्यक्त गरेका छन् ।
कार्यक्रममा पुर्ब सभासद कल्याणी रिजाल, महासमिति सदस्य शान्ता ढकाल, युवा नेता क्षितिज भण्डारी, बाबुराम आचार्य लगायतको उपस्थिति थियो । अम्बिका सुवेदी, रोहणी श्रेष्ठ, कुसुम अर्याल लगायतले आफ्नो मन्तब्य राखेको उक्त कार्यक्रम संस्थाकी अध्यक्ष अनिता चापागाईंको सभापतित्वमा सम्पन्न भएको थियो ।