अन्तर्राष्ट्रिय

मर्केलसहित जर्मन अधिकारीलाई असर पर्ने विवरण सार्वजनिक

बेरुत । जर्मन चान्सलर एन्गेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्नेगरी व्यापक विवरणहरु सार्वजनिक भएका छन् ।
ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत् चुहावट भएको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
“जर्मनीका सयौँ राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तिहरुको व्यक्तिगत विवरण र दस्तावेजहरु अनलाईनबाट सार्वजनिक भएको छ,” सरकारका प्रवक्ता मार्टिन फिट्जले भने ।
यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उनले संवाददाताहरुलाई जानकारी दिए ।  संसदको तल्लो सदन, युरोपेली संसद, क्षेत्रीय तथा स्थानीय सभाका सदस्यहरुको पनि व्यक्तिगत विवरणहरु सार्वजनिक गरिएको उनले बताए ।
तर संसदले गरेको अनुसन्धानले भने संवेदनशील सूचना र विवरणहरु भने नरहेको निश्कर्ष निकालेको प्रवक्ता फिट्जले बताए ।
सार्वजनिक गरिएका विवरणहरुमा व्यक्तिगत ठेगाना, मोवाईल नम्बर, चिठीहरु, बिलहरु, परिचयात्मक दस्तावेज रहेका छन् । ती विवरणहरु अनलानसँगै ट्वीटरमा समेत सार्वजनिक गरिएको छ ।
यी विवरणहरु द डेली बिल्ड र सार्वजनिक प्रसारक संस्था आरबीबीले सवै भन्दा पहिला सार्वजनिक गरेका हुन् ।