सामाजिक सञ्जाल

अपराधीलाई सार्बजनिक ठाउँमा चारपाटे मोडेर कालो मोसो दली लखेट्नु पर्छः साँसद रावल

काठमाण्डौ । नेकपाका साँसद झपट रावलले अपाधीलाई चारपाटा मोडेर, कालोमोसो दलेर लखेट्नुर्ने कडा तर्क प्रश्तुत गरेका छन् ।

नेकपा एमाले कैलालीबाट प्रतिनिधि सभातर्फप्रत्यक्ष निर्बाचित साँसद समेत रहेका नेकपाका युवा नेता रावलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुरा बताएका हुन् ।

उनको स्टाटस जस्ताको तस्तैः ‘प्राविधिक र न्यायिक परिक्षण विना संवेदनशील विषयमा कसैमाथि लगाइने किटानी आरोप आफैंमा एउटा अपराध हो । यस्ता गलत सुचना दिने अपराधीलाई सार्बजनिक ठाउँमा ल्याएर चारपाटे मोडेर कालो मोसो दलेर लखेट्नु पर्छ बल्ल समाजका फटाहाहरु तह लाग्छन् ।’