आर्थिक

अनलाईन शेयर कारोबार अब ग्लोबल आइएमई बैंकबाट

काठमाण्डौ । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफगर्न सक्नेछन ।

यसै सम्बन्धमाबैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदानगर्ने उद्घेश्यले “ग्लोबल शेयर लगानी बचत खाता”सञ्चालनमा ल्याएको हो। यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्रीबापतको रकम राफसाफगर्न सकिने छ । उच्चतमब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्धहुने छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिनमिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेटबैंकिंङ्ग र चेकबुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनिपाइने छ ।

यसअघि बैंकमा खाताभएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्गसेवा लिई अनलाईन शेयर कारोबारगर्न पाउनेछन् ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँचपु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटाराजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० लाख भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदानगर्दै आइरहेको छ। त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्गसेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन,अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।