बाग्मती

दुर्घटनामा मृत्यु

काठमाडौँ । काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुईको मृत्यु भएको छ । काठमाडौँ चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गाअड्डास्थित सडकमा ना ३ ख २४१ नम्बरको कन्टेनरले बा ७६ प ४५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नैकापका २४ वर्षीय गिभसन अधिकारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

मङ्गलबार साँझ भएको सो दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । ट्रकका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी काठमाडौँ महानगरपालिका–२७ जमलमा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छन् । उनको पहिचान नखुलेको प्रहरीले आज जानकारी दिएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका–३२ महादेवस्थान डेरा गरी बस्ने धनुषा ढल्केबरका २७ वर्षीय पुष्कर बानियाँको कोठाबाट मङ्गलबार करीब रु एक लाख ५० हजार बराबरको सुनका गरगहना चोरी भएको छ । काठमाडौँ बस्दै आएका सोलुखुम्बुका सञ्जीव गुरुङको कोठाबाट करीब रु एक लाख छ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले आज जानकारी दिएको छ ।