प्रदेश 1

महिला संघ बराहक्षेत्र नगरसमितिको अध्यक्षतामा छबिना (नामसहित)

चक्रघट्टी । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघको बराहक्षेत्र नगरसमितिको अधिवेशनले छबिना लुंगेली मगरको अध्यक्षतामा २३ सदस्यीय समिति चयन गरेको छ । बुधवार सम्पन्न नेपाल महिला संघको प्रथम बराहक्षेत्र नगर अधिवेशनबाट समिती नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापती कल्पना कार्कीको अध्यक्षतामा नगर कार्य समितीको चयन गरिएको काँग्रेसले जनाएको छ ।

निर्बाचित भएका सभापति छबिना मगर, उप सभापति अनिता थापा, उप सभापति मन्जु राई, ज्योती चन्द्रबंशी, रेखा चौधरी, जेलेसा बेबी खातुन्, सुशिला परियार, सन्जु श्रेष्ठ, शान्ती रिजाल, कमला चौधरी, कमला कार्कि, मोती श्रेष्ठ, सबिना राई, मिना रिजाल्, सबिता चन्द्रबंशी, जमुना लिम्बु, कल्पना लिम्बु, दुर्गा सुबेदी, इन्दिरा कट्वाल्, ममता बोगटी, पबित्रा राई, कबिता देवकोटा, बन्दना कबिरत रहेका छन् ।
कार्यक्रममा महासमिति सदस्य बाबुराम बिष्ट, अनु गुरुगं, नेता नवराज बस्नेत लगायत स्थानीय नेताहरुको उपस्थिति थियो ।