सुदूरपश्चिम

चट्याङबाट सिसी क्यामेरामा क्षति

डोटी । चट्याङका कारण जिल्ला प्रहरी कार्यालय परिसरमा सुरक्षाका लागि जडान गरिएका सिसी क्यामेरामा क्षति पुगेको छ । जिप्रकाले केही महिना पहिले जडान गरेका आठ सिसी क्यामेरा चट्याङ पर्दा क्षति पुगेको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।चट्याङकै कारण जिल्लाका विभिन्न सरकारी कार्यालयका टेलिफोन र कम्प्युटरमा पनि क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

जिल्लामा रहेका अधिकांश कार्यालय तथा व्यक्तिका घरमा जडान गरिएका इण्टरनेट सञ्चालन गर्ने राउटर, फोन, टेलिभिजन लगायतसामाग्रीमा समेत क्षति पुगेको छ । राउटर बिग्रेपछि अहिले सदरमुकाममा इण्टरनेट सेवा बन्द भएको छ ।