आर्थिक

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४।१५ विन्दुले बढेर एक हजार १७२।९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६९ विन्दुले बढेर २४८।७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्यो भने नौ उपसमूहको शेयरमा वृद्धि भएको छ । उत्पादन ३१।६ र जीवन बीमा २७।३१ विन्दुले घट्दा बैंकिङ १।४९, व्यापार २।८७, होटल ०।२१, विकास बैंक ६।८६, जलविद्युत् ३१।४८, वित्त ०।७९, निर्जीवन बीमा ५८।०६,अन्य ३।३९ र लघुवित्त १२।९९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज सानिमा इक्वीटी फण्ड, आँखु खोला जलविद्युत् कम्पनी, माथिल्लो तामाकोशी, मिर्मिरे लघुवित्त वित्तीय संस्था, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै जोशी हाइड्रो पावर, गुर्खाज फाइनान्स, पञ्चकन्या माइहाइड्रो पावर, तिनाउ डेभलपमेन्ट बैंक, यूनिलिभर नेपालका शेयरधनीले आज गुमाएका छन् ।