खेलकुद

आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलाडी छनोट

पशुपतिनगर । आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलका २४ खेलाडी छनोट गरिएको छ । इलामको रोङ गाउँपालिकास्थित कुटीडाँडामा जिल्ला खेलकूद विकास समिति र जिल्ला तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा खेलाडी छनोट गरिएको हो ।

छनोट भएका खेलाडीमा ज्ञान गड्तौला, विनोद मुखिया, मिलकुमार सेर्मा, लोकेन्द्र तामाङ, दावा लामा, अविनास गुरुङ, सन्तोष राई, करिना प्रधान, सान्ता खवास, झुमा प्रधान, छुनु राई र कुशुम मगर रहेको तेक्वान्दो सहायक प्रशिक्षक कुमारी राईले जानकारी दिए ।

यसैगरी पुम्से विधातर्फ प्रश्ना राई, प्रज्ञा राई, खुस्बु सुब्बा, गौरव सिवा, गणेश सिवा र सन्देश गड्तौला छनोट भएका छन् । छनोट हुनेमा ५४ किलोदेखि ७८ किलो तौल माथिका पुरुष खेलाडी तथा ४६ किलोदेखि ८४ किलो तौल माथिका महिला खेलाडी रहेका छन् । छनोट प्रतियोगितामा जिल्लाका १२० तेक्वान्दो खेलाडी सहभागी थिए ।