समाचार

दिनभर पानी सर्ने सम्भावना, कतै हिउँले खुसी कतै जाडोले जनजिवन अस्तब्यस्त

काठमाण्डौ । काठमाण्डोै उपत्यका लगायत देशभर मौसम बद्ली भई पानी परिरहेको छ भने भोजपुर, हुम्ला, जुम्ला, ललितपुर लगायतका कतिपय स्थानमा हिउँ समेत परेको छ । मौसम विज्ञान महासाखाकी मौसमविद गंगा नगरकोटीका अनुसार पश्चिमी वायुको प्रभाव देशको मध्य तथा पूर्व भागमा आज रातिसम्म वर्षा हुने देखिएको छ, केही दिन झरी पर्न सक्छ, चिासो बढ्न सक्छ ।

बिहान सम्म ५.५ मिलिलिटर पानी परिसकेको छ भने आकास खुल्ने सम्भावना देखिएको छैन । प्रदेश नम्बर १ मा पानी नपरेपनि पश्चिमबाट आएको वायु बिहीबार जानसक्ने र भोली पानी पर्न सक्ने सम्भावना बिभागले आँकलन गरेको छ । बिहानदेखी मोटरसाईकलमा अतिआवश्यकीय काम गर्ने सर्बसाधारणहरु मोटरसाईकलमा रेनकोट ओढेर हिह्डिरहेका छन् भने कतिपय चिसोका कारण आफ्नो गन्तब्यमा निश्किएका छैनन् । फुलचौकी लगायतका कतिपय पर्यटकीय स्थानमा भने हिह्उमा खेलेर स्थानीय र पर्यटक रमाउने गरेका समाचारहरु समेत आईरहेका छन् ।

माघको दोस्रो हप्तापछि अत्याधीक जाडो हट्ने सम्भावना रहेकोले जाडो जानेबेला अलि बढि जाडो हुने परम्परा अनुसार पानी पर्न सक्ने आँकलन पनि गर्ने गरिएको छ । जाडो र पानी परेपछि सर्बसाधारणको दैनिक सिजबन अस्तब्यस्त बनाउने गरेको छ ।