राजनीति

वाईडबडी, निर्मला, डा. केसीका माग लगायतमा १४ प्रश्नसहित नेबिसंघ ओली सरकार बिरुद्ध प्रदर्शनमा

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेविसंघले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारबिरुद्ध १४ प्रश्नसहित बिरोध प्रदर्शनमा उत्रिने भएको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले आज उक्त कुरा बताएका छन् ।

बुधबार माईतीघरमा नेबिसंघका राजधानीमा उपलब्ध नेता कार्यकर्ताले ओली सरकारलाई ३३ किलो सुन काण्डका अपराधीलाई कता लुकायौ ? निर्मला पन्तका बलात्कारी र हत्यारालाई कता लुकायौ ? वाईडबडी घोटालामा सरकारी संलग्नताको ढाकछोप किन ? यातायात सिण्डिकेट नहटाउन कति कुम्ल्यायौ ? राष्ट्रिय गौरवको बुढी गण्डकी जलबिद्युत आयोजना बिदेशीलाई किन ? दैनिक उपभोग्य बस्तुमा ३०० प्रतिशत मुल्यबृद्धी किन ? जस्ता १४ प्रश्नसहित ओली सरकारको भण्डारफोर गर्ने कार्यक्रम आयोजना गरेको छ । नेबिसंघ आन्तरिक द्वन्द्वमा भएर बिभिन्न कार्यक्रमहरु गर्न नसकेको भएपनि पुनः आन्दोलनमा उत्रिन लागेकाले काँग्रेसको ब्याकबोनका रुपमा काम गरिहेको तरुण दललाई सपोर्ट हुने अनुमान काँग्रेस नेताहरुले लगाएका छन् ।

तरुण दल ओली सरकारको भण्डारफोर अभियान अन्तर्गत सातै प्रदेशमाम आन्दोलनमा सकृय भएको बेला काँग्रेसले सरकार बिरुद्ध आफ्ना भातृसंस्थाहरुबाट ओली सरकारलाई घेराबन्दीमा पार्न खोजेको देखिन्छ ।