शिक्षा

पियरसनद्वारा काठमाडौंमा दोस्रो ‘पीटिई एकेडेमिक सेन्टर’कोशुरुवात

काठमाडौं । विश्वकै उत्कृष्ट अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक‘पीटिई एकेडेमिक’को उद्घाटन गरेको छ । यो नयाँ केन्द्रको स्थापनासँगै पियरसनको पीटिए एकेडेमिको पहुच वृदिगर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनकालागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यताप्राप्तगर्ने अंग्रेजीभाषा प्रवीणता परिक्षणबनाउने उद्देश्य पछ्याउनेछ ।

पीटिई एकेडेमिक एक कम्प्यूटर आधारित भाषा परिक्षण हो । यसले सटीक र निष्पक्ष स्कोर परिणामको लागि धेरै लोकप्रियताप्राप्त गरिरहेको छ । परीक्षण स्कोर वैधता प्रदानगर्नका लागि पियरसन परीक्षण केन्द्रहरुले स्टेट अफ आर्ट,उद्योगका प्रमुख सुरक्षा उपायहरु जस्तै पाल्म–स्क्यानिङ, सुरक्षित पेपरलेस परिणमहरु, अनियमित परिक्षण ढाँचा र सीसीटिभी समावेश गर्ने जस्ता प्रयोय गरेर आकांक्षाअनुसार परिक्षण वातावरणलाई नियन्त्रण गर्छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पियरसन इन्डियाका प्रबन्ध निर्देशक विकाश सिंहले भने, ‘अंग्रेजी भाषा प्रवीणता प्रोफेसर र विदेशमा करिअर खोज्ने विद्यार्थीहरुको सफलताकालागि निकै महत्वपूर्ण छ । हामीले अंग्रेजी परिक्षण गर्नेहरुकालागि पीटिई एकेडेमिक उचाईमा पुगिरहेको देखिरहेका छौँ किनभने यो पूर्णरुपमा अनलाइन परिक्षा प्रणाली हो, त्यसैले यो अत्यन्तै सुविधाजनक र सुरक्षित तरिकाले छिटो परिणाम वितरण गर्छ । हामी आश्वस्त छौँ कि हाम्रो काठमाडौंको नँया केन्द्रले विद्यार्थीलाई अंग्रेजीभाषामा दक्क्ष बनाउनका साथै विदेशमा अवसरहरु सृजनागर्न सहयोग पुर्याउनेछ ।’

ब्रिटिश कलेजका सीईओ राजेन कँडेलले भने, ‘पीटिई एकेडेमिक आप्रवासी र विदेशमा अध्ययन गर्न चाहानेहरुकालागि एक विदेशी कम्प्यूटर आधारित अंग्रेजी परिक्षा हो । हामी पीटिई एकेडेमिकका लागि पियरसनसँग सहकार्य गर्न पाउँदानिकै गर्व महशुस गरेका छौँ । हाम्रो परिक्षण केन्द्रले काठमाडौंमा पीटिई एकेडेमिक परिक्षालाई अझै बढि पहुँच प्रदान गर्नेछ जसले परिक्षार्थीलाई सुविधाजनक, निरन्तर र व्यावसायिक परिक्षण वातावरण प्रदान गर्छ ।’

पीटिई एकेडेमिक हार्वर्ड किजनेस स्कुल, येल यनिभर्सिटी, इनसिड, लण्डन बिजनेस स्कुल लगायतका विश्व विद्यालय र कलेजहरुद्वारा स्वीकृतीप्राप्त गरिसकेको छ । यसलाई अष्ट्रेलीया र न्यूजील्याण्ड विश्वविद्यालयहरुको १०० प्रतिशत स्वीकार गरिसकेको छ भने संयूक्त राज्य अमेरिका, यूके, क्यानाडा, सिंगापुर र जर्मनीमा यसको स्वीकृत संख्या वृद्घि भइरहेको छ । यस परिक्षण अष्ट्रेलिया र न्यूजील्याण्डको भिसा र माइग्रेसनका आवेदन फर्मका लागि पनि प्रयोग गर्न सकिन्छ ।