समाचार

भाइरल ज्वरोका कारण नेकपा अध्यक्ष दाहाल अस्वस्थ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् ।

चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ । यसैबीच सुमेरु अस्पताल ललितपुरमा ज्वरो र रुघाखोकी लागी भर्ना भएका अध्यक्ष दाहालकी धर्मपत्नी सीता उपचारपछि सोमबार राति घर फर्केका छन् ।