सामाजिक सञ्जाल

एनसेल, वाइडबडी, निर्मला, डा.केसी, युवा-पलायन, व्यापारघाटा लगायतमा बिरोध गरौंः डा. भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदमा एनसेल, बुढीगण्डकी, वाइडबडी, नेपाललिक्स, निर्मला, डा.केसी, सत्यनिरूपण, सुकुम्वासी, युवा पलायन, व्यापारघाटा लगायतमा संसद अवरोध नभएको भन्दै प्रश्न गरेका छन् । डा. भट्टराईले ट्वीटमार्फत साँसदहरुलाई यी विषयहरुमा सँसद अबरुद्ध गर्न संकेतिक उपाय दिदैराजनीति संघर्षको थलो भएकोले आवश्यक कुराहरुमा संघर्ष गर्नुपर्ने धारणा राखेका छन् । उनले ट्वीट गर्दै भनेका छन्,

‘भनाइ संसदलाई संघर्षको थलो बनाउनुहुन्न भन्ने हैन है !राजनीति भनेकै संघर्ष होसनत्र पार्टी र राजनीतिको आवस्यकतै पर्दैन१मुख्य कुरो संघर्षको मुद्दा र विधि के हुने भन्ने हो ! एनसेल, बुढीगण्डकी, वाइडबडी, नेपाललिक्स, निर्मला, डा केसी, सत्यनिरूपण, सुकुम्वासी, व्यापारघाटा इ. मा खै संसद अवरोध ?’