समाचार

गोबिन्द केसीको जिबन रक्षाको लागि बारको ध्यानाकर्षण

काठमाडौँ । नेपाल बार एशोसिएसनले चिकित्सक डा गोविन्द केसीको जीउधनको सुरक्षा र स्वतन्त्रताप्रति संवेदनशील हुन सरकारसँग माग गरेको छ ।

नेपाल बार एशोसिएसनका महासचिव खम्मबहादुर खातीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा, स्वतन्त्रता तथा मानव अधिकारको रक्षाप्रति राज्यपक्ष संवेदनशील हुन अपिल गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “चिकित्सक डा केसीको मागप्रति राज्य जिम्मेवार बन्न, जीवनमरणको दोसाँधमा रहेको हुँदा जीवनरक्षाका लागि राज्य र समाज दुवैको नैतिक जिम्मेवारी र कर्तव्य भएकाले त्यसप्रति भूमिका निर्वाह गर्न बार अपिल गर्दछ ।”