राजनीति

हिन्दू राष्ट्र पुनस्र्थापना गराउन जस्तोसुकै दबाब दिन तयार छौंः अध्यक्ष थापा

हेटौँडा । राप्रपा अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र पुनस्र्थापना गराउन पार्टीले जस्तोसुकै दबाब दिन पछि नपर्ने बताएका छन्।  राप्रपाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालमा धर्मपरिवर्तनको रफ्तार बढेकामा चिन्ता व्यक्त गर्दै उनले मुलुकमा धार्मिक द्वन्द्वको खतरा रोक्नुपर्ने उल्लेख गरे । उनले राप्रपा सर्वधर्म समभावसहितको हिन्दू राष्ट्रको पक्षमा रहेको बताए ।

एक अर्को फरक प्रसङ्गमा अध्यक्ष थापाले हेटौँडालाई नै प्रदेश नं ३ को स्थायी राजधानी तोकिनुपर्नेमा जोड दिए । सबै कोणबाट हेटौँडा राजधानीका लागि उपयुक्त रहेको उनको भनाइ थियो ।