आर्थिक

जनता क्यापीटलले पायो धितोपत्र बोर्डबाट अनुमति

काठमाण्डौ । जनता बैंक नेपालको शत प्रतिशत लगानीमा स्थापना भएको जनता क्यापिटललाई नेपाल धितोपत्रबोर्डबाट धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को रुपमा अनुमति प्राप्तगरेको छ । बोर्डको अनुमतिपछि जनता बैंकले अब निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवाको कार्य गर्न सक्नेछ ।

कामनपा वडा नं. ११ थापाथलीमा कार्यालय रहेको जनता क्यापिटलको आफ्नो उदेश्य अनुरुपको व्यवसाय अगाडी बढाउनसम्पूर्ण पुर्वाधार तयार भएको कम्पनीसचिव विशव सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।