समाचार

सञ्चारकर्मी रवि लामिछानेको चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग विवाह

काठमाडौ । केही समय पहिले आफ्नी पूर्व पत्नी इशा लामिछानेसँग सम्बन्ध विच्छेद गरेका सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग कानुनी विवाह गरेका छन् ।

उनीहरुले सोमबार काठमाण्डौ जिल्ला अदालतमा गएर विवाह दर्ता गरेका हुन् । लामिछानेले आफ्नो फेसबुक पेजमा निकितासँगको फोटो राखेर विवाह गरेको कुरा सार्वजनीक गरेका छन् ।

अहिले अदालती रुपमा विवाह गरे पनि परम्परागत रुपमा वैशाखमा विवाह गर्ने रवि लामिछानेले बताएका छन् । निकिता र रवि दुवै पहिले विवाह गरेर सम्बन्ध विच्छेद गरिसकेका हुन् ।