समाचार

अध्यक्ष दहाल पत्नी सीता अस्पताल भर्ना

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल उपचारका लागि आईतबार धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी छन् ।

बिहान भर्ना भएका उनको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ । उनलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उनको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिए । उनले भने, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।”