खेलकुद

प्याब्सन खेलकुद प्रतियोगिता

विराटनगर । आजको विश्वमा सैद्धान्तिक ज्ञानलाई भन्दा प्रयोगात्मक सिकाइ प्रक्रियाले महत्व पाओस् भन्ने अवधारणाका साथ १०औँ प्याब्सन स्र्पोट्स मिट–२०७५ माघ १० गतेदेखि हुने भएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, मोरङद्वारा लक्ष्मी खेलमैदान लक्ष्मीमार्ग बेलाबारीमा एक सातासम्म हुने सो प्रतियोगितमा २३८ विद्यालयका एक हजार ५०० विद्यार्थीले भाग लिने आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा छात्रछात्राको १०० मिटरदेखि एक हजार ५०० मिटरको दौड, रिले रेस, हाइजम्प, ट्रिप्पल जम्प, लङ जम्प, जेभलिन थ्रो र भलिबल खेल हुने बताइएको छ ।