अन्तर्राष्ट्रिय

फिलिपिन्सको सर्वाधिक धनीको निधन

मनिला । फिलिपिन्सको सर्वाधिक धनी व्यक्ति मानिने हेनरी सीको ९४ बर्षको उमेरमा शनिबार निधन भएको छ । चीनबाट बसाई सरेर फिलिपिन्स आउनु भएका सीलाई फिलिपिन्समा वरिष्ठ उद्यमीका रुपमा सम्मान गरिन्थ्यो । चीनमा उनको घर सिमेन शहरमा थियो । उहाँले फिलिपिन्समा सपिङ् मल खोल्नु भयो । उनको सपिङ् मल विश्वकै ठूला सपिङ् मल अन्तर्गत पर्दछ ।

गत शुक्रबार सम्ममा उहाँको सम्पत्ति १९ अरब अमेरिकी डलर रहेको जनाइएको छ । यो सम्पत्तिका आधारमा उहाँ गत बर्ष विश्वकै ५२औ धनीमा पर्नुहुन्छ । उहाँ मनिला सन् १९५६ मा पहिलो पटक जानु भएको थियो । त्यसपछि उहाँको व्यापार व्यापक रुपमा फैलियो । काम गर्नका लागि युवा अवस्थामा फिलिपिन्स छिरेका सीले जीवनमा धेरै उतार चढावहरु भोग्नुभयो ।

सन् २००६ मा फिलिसिन्सको स्टार पत्रिकालाई दिएको अन्तवार्तामा उहाँले भन्नु भएको थियो, “हाम्रो स्टोर एकदमै सानो थियो, दोस्रो तला र अगाडी पछाडी भन्ने ठाँउ नै थिएन, एक मात्र कोठा रहेको थियो । हामी अवेर राती काउण्टर बन्द गरेपछि काउन्टरमै सुन्थ्यौँ । ” दोस्रो विश्वयुद्ध चलिरहेका बेला आफ्नो पसल पुरै ध्वस्त भएपछि उहाँका बुबा चीन फर्किएपनि उहाँले भने फिलिपिन्स नै बस्नु भएको थियो ।

उहाँले मनिला विश्वविद्यालयबाट बाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । सामान्य जुत्ता पसलबाट सुरु गरेको उहाँको व्यापार पछि “सुजमार्ट” बनेको छ । जव उहाँले सन् १९८५ मा मनिलामा सुपरमल खोल्नु भयो, तव उहाँले इतिहास रच्नुभयो । सर्वाधिक सामानहरु पाईने, सिनेमा हलहरु, रेष्टुरेन्ट, बैंक र अन्य अकर्षक सेवासुविधाहरु पाइने भएपछि उहाँको नाम चम्किएको हो ।