राजनीति

वाईडबडी भ्रष्टाचार बिरुद्ध काँग्रेसले सडक र सदनबाट आन्दोलनको आँधिवेहरी ल्याउनुपर्छः नेता गुरुगं

वालिगं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले नोपली काँग्रेसले वाईडबडीमा ४ अर्ब ३५ करोड भ्रष्टाचार काण्डमा प्रमुख प्रतिपक्षी दल कााग्रेस चुप लागेर बस्न नहुँने बताएका छन् । नेता गुरुगंले स्याङ्गजा विरुवामा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै काँग्रेसले यति ठूलो भ्रष्टाचार काण्डमा काँग्रेसले सडक र सदन दुबैबाट ठूलो आवाज उठाउनुपर्ने विचार ब्यक्त गरेका छन् ।

नेता गुरुगंले अहिले काँग्रेस देशकै ठूलो भ्रष्टाचार काण्डको काँग्रेस जस्तो नेपालको सबैभन्दा पुरानो र ठूलो पार्टी किनाराको साक्षी बस्नु मुलुक र तीन करोठ नेपाली जनताका लागि दुर्भाग्य भएको बताएका छन् ।

भ्रष्टाचार बिरुद्धमा आवाज उठाउने काँग्रेसका अभियान्ता नेता गुरुगंले शनिबारको कार्यक्रममा भ्रष्टाचार काण्डमा काँग्रेसले आन्दोलनको आँधिवेहरी ल्याउनुपर्ने तर्क गरेका छन् ।