आर्थिक

एनआई सी एशिया बैंकले गर्यो डिबेन्चर निश्कासन

काठमाण्डौ । एनआई सी एशिया बैंकले बिहिवार ‘एनआई सी एशिया डिबेन्चर २०८५÷८६’ विक्रिको लागि सार्वजानिक आव्हवन गरेको छ । १० प्रतिशत वार्षिक ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४० लाख कित्ता रहेको रु ४ अर्बको उक्त ऋणपत्रको ब्याज अर्ध वार्षिक रूपमा झुक्तानी गरिने र ऋणपत्रको अवधि १० वर्षको हुने छ । जम्मा ऋणपत्रको निष्कासन रकम रु. ४ अर्बको ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड व्यक्तिगत तवर मार्फत निष्कासन गरिएको छ भने रु. ४ अर्बको ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधि मार्फत निष्कासन गरिनेछ । बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ रहेको उक्त ऋणपत्रको लागि माघ १३ देखि सर्वसाधारणको लागि विक्रि खुला भई छिटोमा माघ १६ तथा ढिलोमा फाल्गुण १३ सम्म विक्री खुल्ला रहने छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋण को विकासको लागि एक महत्वपूर्ण कडि हुने बैंकले विश्वास गरेको छ । हाल नेपालमा दीर्घकालिन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कममात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालिन रुपमा उच्चतम प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चीतताहुने एवं सुरक्षित लगानीहुने लगायतका दृष्टिकोणबाट दीर्घकालिन लगानीको लागि विरलै प्राप्तहुने एवं उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिकफाइदा उठाउन सम्बन्धित सबैमा बैंकले अनुरोध गरेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७३ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४९ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको दाबी गर्दै हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको बताएको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा÷ ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।