अन्तर्राष्ट्रिय

‘तीन तलाक’ विधेयक आज राज्य सभामा पेश हुदै

नयाँ दिल्ली । भारतीय संसदको तल्लो सदन, लोकसभाबाट पारित भएको तीन तलाकलाई अवैध मान्ने सम्बन्धी विधेयक सोमबार राज्य सभामा पेश गरिने भएको छ । मुस्लिम समुदायका महिलालाई आफ्नो लोग्नेले तीन पटकसम्म ‘तलाक’ शब्द मौखिक रूपमै उच्चारण गरेपछि आफ्नो श्रीमान्सँग सम्बन्ध विच्छेद हुने गरेकोमा अब त्यसो गर्नु गैरकानुनी हुने प्रावधानसहितको सो विधेयक राज्य सभामा पेश गरिने कानून मन्त्री रविशङ्करले सोमबार बताउनु भएको छ ।

‘मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक २०१८’ नामको यो विधेयक यही डिसेम्बर २७ मा भारतीय संसद्को तल्लो सदन (लोक सभा) बाट गएको बिहीबार पास भएको थियो ।विधेयकमाथि भएको छलफलपछि २४५ मतमा ११ मत मात्र यस विधेयकका विपक्षमा परेको थियो । प्राप्त समाचारका अनुसार विवादास्पपद यस तीन तलाक विधेयक माथिल्लो सदनमा छलफलका लागि भारतीय जनता पार्टी ९विजेपी० र भारतीय काँग्रेसका सदस्यहरुलाई उपस्थितको लागि भनिएको छ ।

भारतीय जनता पार्टी (बीजेपी) ले प्रस्ताव पारित गर्नका लागि लोकसभाका सदस्यलाई डिसेम्बर २७ मा संसद्मा उपस्थितिका लागि ह्वीप जारी गरेको थियो । यो तलाक शब्दलाई वैधानिक वाध्यताका रुपमा स्वीकार पनि गर्दै आएका छन् । तर यस्तो कार्य गैर कानुनी र नारी अधिकारको विपक्षमा रहेको भारती नारी अधिकारवादीहरुले बताएका छन् । उनीहरुकै आन्दोलनका कारण भारत सरकार यो कानुन ल्याउन बाध्य भएको हो । यस्तो कार्यलाई गतवर्ष नै भारतीय सर्वोच्च अदालतले प्रतिबन्ध लगाउन सरकारका नाममा आदेश दिएपछि यो कार्यलाई गैर कानुनी मानिएको छ । तर पनि त्यो प्रतिबन्ध पछि पनि करिब ४५० महिलाले यस्तो तलाक शब्दको बाध्यता व्यहोरेको बताइएको छ ।