मनोरञ्जन

दमदार जवाफ दिदै पुजा श्रेष्ठ बनिन्, ‘मिस पुर्वान्चल २०१८’

सुनसरी । मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जित्न सफल भएकी छिन् । सुनसरीको धरानमा शनिबार राति सम्पन्न उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार समेत प्राप्त गरिन् । प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाख सहित विभिन्न पुरस्कार प्राप्त गर्दा इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बन्दै नगद ५० हजार मा चित्त बुझाईन । फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् ।

कार्यक्रममा बिशेष आकर्षणको रुपमा मिस नेपाल २०१८ शृंखला खतिवडा रहेकी थिइन् । वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्य र फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको कार्यक्रम संयोजक सौरभ श्रेष्ठले जानकारी दिए ।