पर्यटन/संस्कृति

पुस २८ देखि चितवनमा खिचरा महोत्स

भरतपुर । थारू समुदायको महान् पर्व माघी का अवसरमा छैटौँ खिचरा महोत्सव गरिने भएको छ । यही पुस २८देखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा गरिने उक्त महोत्सवका लागि अहिले काम भइरहेको छ ।

गत वर्षको तुलनामा यस महोत्सवलाई अझै विशेष महत्वका साथ मनाइने बनाउने तयारी भइरहेको महोत्सव मूल आयोजक समिति थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ का अध्यक्ष चुडामणि चौधरीले बताए ।महोत्सवमा थारू संस्कृति झल्कने घरका साथै खानाका परिकार, बाल उद्यान, अन्य विभिन्न जातजातिका खानाका परिकारका साथै बाल उद्यान, कृषि र अटोका कक्ष पनि रहनेछन् ।

सांस्कृतिक कार्यक्रमलाई महत्व दिइएको उक्त महोत्सवमा चर्चित कलाकाहरुको विशेष प्रस्तुत रहने सांस्कृतिक समितिका संयोजक जयस चौधरीले जानकारी दिए । महोत्सवमा चर्चित सेलिब्रेटीहरुले समेत अवलोकन गर्ने भएका छन् ।