मनोरञ्जन

सोनिकाको नयाँ शो मा सुष्मा कार्कि (हेर्नुहोस भिडियो सहित)

काठमाडौँ । चर्चित मोडल तथा भिजे सोनिका रोकाया पुन ” द सोनिका शो ” बाट युटुवको दुनियाँमा आएकी छन । युवा माझँमा निकै रुचाइएको कार्यक्रम वाउ नेपाल छोडे पछि पुन उनी नयाँ कार्यक्रम माझँमा आएकी हुन ।

पहिलो शो मा प्रमुख अतिथीको रुपमा सुष्मा कार्कीले चलचित्र नगरीमा पानी बरावर भएको  अवस्थामा पुजा शर्माको बारेमा खुलेर प्रशंसा गरेको भिडियो सार्वजनिक गरेकी छन ।

आफु र पुजा विचमा कुनै नकारात्मक कुरा नभएको र कुनै पनि विषयमा लेन देन समेत नभएको बताइन । र सो विषयमा कुनै पनि कुरा गर्न नचाहेको सो कार्यक्रममा सोनिका लाई बताएकी छन ।

आम दर्शक तथा स्रोतालाई भरपुर मनोरञ्जन दिनको लागी पुन युटुवको दुनियाँमा रमाइलो कार्यक्रम सोनिका सो लिएर आएको सोनिकाले बताइन ।
कार्यक्रममा आगामी समयमा रोचक , मनोरञ्जनात्मक गतिविधि लाई समेटने बताइएको छ।

हेर्नुहोस भिडियो: