अन्तर्राष्ट्रिय

हलिउड सुन्दरी एन्जोलिना अमेरिकी राष्ट्रपतिको उम्मेद्धार बन्ने सम्भावना

एजेन्सी । विश्व चर्चित हलिउड अभिनेत्री एन्जोलिना जोलीले राजनीतिमा आउने बताएपछि अमेरिकामा भावी राष्ट्रपतिका रुपमा उनलाई हेरिन लागेको छ ।

हालै सार्वजनिक एक अन्तर्वार्तामा उनले आफु राजनीतिकमा आउने संकेत गरेकी हुन् । विभिन्न सामाजिक कार्यमा क्रियासिल जोली अमेरिकाममा मात्र हैन विश्वभर मन पराइएकी एक अभिनेत्री हुन् ।

उलने आफ्नो जीवनकालमा अभियन मात्र गरेकी छैनन् ठुला ठुला सामाजिक काम पनि गरेकी छिन् ।संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका लागि विशेष दूत समेत रहेकी जोलीले विशेष गरी विश्वभरका असाहया बालकालिकाका पक्षमा काम गर्दै आएकी छिन् ।

विशेष गरी उनी शरणार्थी बालबालिकाका बिषयमा काम गर्ने गरेकी छिन् । अमेरिकी राजनीति, सामाजिक सञ्जाल, यौन हिंसा र विश्वव्यापी रुपमा रहेको शरणार्थी समस्याका बारेमा उनले आफ्नो अन्तर्वार्तामा चिन्ता गरेकी छिन् ।

जोलीले शरणार्थी, यौन हिंसा न्यूनिकरण तथा वातावरणीय संरक्षणकाबारेमा वकालत गर्दै आएकी छन् । अमेरिकामा डेमोक्र्याटिक पार्टीसँग नजिक छिन् ।