प्रदेश 2

मैथिली लोककथा विमोचन

सप्तरी । मैथिली लोककथाको अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको ‘लोककथा–एक विवेचना, केही मैथिली लोककथाहरु’ नामक पुस्तकको विमोचन गरिएको छ ।

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका अवकाश प्राप्त सहप्राध्यापक स्व परमेश्वरप्रसाद सिंह ‘दिनेश’ द्वारा लिखित उक्त पुस्तकको उनका छोरा प्रा विजयकुमार सिंहले बिहीबार राजविराजमा विमोचन गरे ।

मैथिली भाषा, साहित्य, परम्परा, संस्कृति र आहारविहारबारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको प्रकाशक ‘नवीन साप्ताहिक’का सम्पादक अनिलकुमार अनलले जानकारी दिए ।

पुस्तकको पाण्डुलिपि स्व सिंहका सहकर्मी प्रा त्रिपुरारी शरणले उपलब्ध गराएपछि ‘नवीन साप्ताहिक’मा शृङ्खलाबद्ध रुपले प्रकाशन गरिएको थियो । शृङ्खलाबद्ध प्रकाशनलाई पुस्तकका रुपमा प्रकाशित गरिएको हो ।