समाचार

संञ्चारमन्त्री बास्कोटाको दबाबपछि प्राधिकरणका अध्यक्ष झाद्वारा राजीनामा

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले राजीनामा दिएका छन् । आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा बुझाएको झाले जानकारी गराए । पार्टीभित्र ब्यापक असन्तुष्टी भएको भन्दै झालाई राजिनामा दिन मन्त्री बास्कोटाले दबाबाब दिएको बताईएको छ ।

झाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट नै आफ्नो राजीनामा माग भएकाले नैतिकताका आधारमा राजीनामा दिएको बताए ।

झालाई अध्यक्ष पदबाट हटाउन नेकपाभित्रबाट सरकारलाई दबाब दिइएको थियो । “मेरो कारणले प्रधानमन्त्री र सञ्चारमन्त्रीमाथि नै अशोभनीय र अनावश्यक टीकाटिप्पणी भयो”, उनले भने, “मेरो चरित्रमाथि नै आँच आउने काम हुन थालेपछि नैतिकताको उच्च सम्मान गर्दै राजीनामा दिएको हुँ ।”

झा विसं २०६९ मा पहिलोपटक र विसं २०७४ मङ्सिरमा दोस्रोपटक म्याद थपिएको थियो । पुनःझालाई गत भदौ २१ गते मन्त्रिपरिषद्को निर्णयबाट चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको थियो ।