सामाजिक सञ्जाल

देशको बेईज्जत हुनेगरी सयौं मान्छे मर्दा धन्यबाद भन्ने राष्ट्रपति/परराष्ट्रमन्त्रीको सर्बसाधारणबाट राजिनामा माग

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली लगायतका कम्युनिष्ट नेताहरुलाई नेताहरु बेला बेलामा कम पढेका भनेर मिडियामा बिबाद आईरहेका बेला ओली सरकारको परराष्ट्र मन्त्रालयले गम्भीर गल्ति गरेको छ ।

मन्त्रालयले ईण्डोनेशीयामा सुनामीका कारण मृत्यु हुनेहरुप्रति राष्ट्रपति बिद्यादेवी भण्डारीले श्रद्धान्जली ब्यक्त गरेको भनेर दिनुपर्ने म्यासेजलाई मृत्युभएकोमा बधाई भनेर पत्र दिईएक्के छ । ईण्डोनेशीया सुनामीका कारण त्यंहाका दर्जनौं जनताको निधनपछि शोकमग्न रहेका बेला नेपाल सरकारको आधिकारिक निकाय परराष्ट्र मन्त्रालयले बधाई छ तपाईको मुलुकमा सुनामीका कारण जनताको निधन भएकोमा भनेर सूचना सम्प्रेशण गर्नु देशको बेईज्जत हुनुमात्र नभएर मानबता बिरुद्धको अपराध नै हो भन्ने सामाजिक सञ्जालमा टिका टिप्पणी भएका छन् ।

राष्ट्रपति भण्डारी कार्यालय गाडी खरिद बिबाद सकिएलगत्तै ट्वीट बिबादमा तानिएको भएपनि परराष्ट् मन्त्रालयको गम्भीर गल्तीका कारण पुनः बिबादमा तानिएको छ । यस्तो देशको नैं ईज्जत जानेगरी गम्भीर गल्ती गर्ने कर्मचारीलाई न प्रधानमन्त्री कार्यालयले न कुनै कारबाही गरेको छ, न बिभागीय मन्त्री प्रदिप ज्ञवालीले कुनै उत्तर दिएका छन् ।

यसको अर्थ सरकार ठूला ठूला रेलका कुरा गर्ने तर हेर्दा साना लाग्ने तर ऐतिहाशिक रुपमा अर्थ लाग्ने ठूला गल्तीहरु गर्दै जनतालाई ढांट्ने कार्यमा अझै एक कदम अगाडि नै छ भन्ने देखिन्छ फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा राष्ट्रपति बिद्यादेवी भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत यस घटनासंग जोडिएका जिम्मेवार ब्यक्तीहरुको राजिनामा माग गरिएका छन् ।

सामाजिक सञ्जालमा राखिएका नागरिकहरुका बिभिन्न ट्वीट