सामाजिक सञ्जाल

धनराज गुरुङ्गको प्रश्नः भारतले दर्जनौं ठाउमा सीमा मिच्दा ओली सरकार किन मौन

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले भारतले सीमा मिचेको प्रति बिरोध जनाएका छन् । नेता गुरुङले दर्जनौं ठाँउमा भारतले सीमा मिचेकोमा दुःख ब्यक्त गर्दै सांसदहरुले संसदमा कुरा उठाएर सरको ओली सरकारको ध्यानआकर्षण गर्नुपर्ने बताएका छन् । उनले आफूले पहिला भारतको मिचाहा प्रबृतिको बिरोधमा कुरा उठाएको समेत स्मरण गराएका छन् । ओली सरकार किन यस बिषउमा मौन हो भन्ने उनको आशय छ । उनले आफ्नो फेसबुकमा लेख्दै यसो भनेका छन्,

‘मोरङको जहदा गा.पा.१, कालाबन्जारमा भारतले दशगजा मिचेर सडक बनाएको खवर आएको छ। दर्जनौं ठाउँमा भारतले दशगजा मिचेको छ। म सांसद भएको वेला भारतीय मिचाहा प्रबृत्ति बारे संसदमै कुरा उठाएको थिएँ। भोली देखि सुरु हुने संसदमा मा.ज्युहरुले यसबारे कुरा उठाएर सरकारको ध्यानाकर्षण गराउनु पर्छ।’