आर्थिक

शिवम् सिमेन्टको “लक्ष्मी हातमा देव दर्शन शिवम्का साथमा” योजना बजारमा

काठमाण्डौ । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना ग्राहकहरुलाई लक्षित गरि “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ ।

शिवमले हरेक वर्ष आफ्ना ग्राहकहरुलाई लक्षित गरि कदर स्वरुप नयाँ नयाँ योजनाहरु बजारमा ल्याउदै आइरहेको छ, जसलाई यस वर्ष पनि निरन्तरता दिई “लक्ष्मी हातमा देव दर्शण शिवम्का साथमा” नामक नयाँ योजना बजारमा ल्याएको हो । यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू गरिएको छ । यस योजना अन्तर्गत प्रत्येक १० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्न सकिन्छ । उक्त कुपनको स्क्र्याच गर्ने भागमा स्क्र्याच गरि २.५ ग्राम देखि १० ग्राम सुनको सिक्का वा रु. १०० देखि रु. १००० सम्मको नगद पक्का जित्न सकिनेछ । नगद पुरस्कार तुरन्तै वितरकबाट प्राप्त गर्न सकिनेछ भने, सुनको लागि ९८०१११४६५८ मा सम्पर्क गरि नजिकको वितरक वा शिवम् सिमेन्टको शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ । गोसाईकुण्ड हेलिकप्टर यात्राको लागि कुपनको अर्घकट्टीमा आफ्नो नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा लेखि लक्की–ड्र बक्समा हाल्नु पर्नेछ । संकलित कुपनहरुलाई शिवम् सिमेन्टको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष लाइभ गरी लक्की–ड्र गरि विजेताहरु चयन गरिनेछ । विजेताहरुको हकमा कुपनमा उल्लेखित मोबाइल नम्बरलाई मात्र मान्यता दिईनेछ र उक्त मोबाइल नम्बर बाहकलाई मात्र पुरस्कार प्रदान गरिनेछ ।

शिवम् सिमेन्टले No Compromise को नारा सहित विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली OPC सिमेन्ट हो ।

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचान हो शिवम्”, “गुण्स्तरमा कहिल्यै सम्झौता नगरौँ”, “Quality को मामलामा No Compromise”, तथा “अटुट ऋNo Compromise” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको छ, जस्तै ः काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी ।ISO: 9001, ISO:14001, OHSAS:18001, ISI, URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।