आर्थिक

एनआई सी एशिया बैंकको २ नयाँशाखा सुनसरीको प्रकाशपुर र इनरुवामा

काठमाण्डौ । एनआई सी एशिया बैंकको २नयाँशाखाकार्यालयहरुसुनसरीकोइनरुवानगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवाशाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट तथा बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलमखनालबाट आईतबार समारोहका बिच उद्घाटन भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखाकार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६८ अर्ब तथाकर्जा रू. १५५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमाआफ्नो पहिचानबनाउन सफलभइसकेको छ । हालसम्मयस बैंकमा ग्राहकको संख्याकरिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।