आर्थिक

सिभिल बैंकको आठौं वार्षीकोत्सवमा सय जनाले गरे रक्तदान

वीरगंज । सिभिल बैंक लिमिटेडले आफनो ८ औ वार्षीकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । सिभिल बैंकको वीरगंज शाखाले आफनो ८ औ वार्षीकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ । सिभिल बैंककै प्रांगणमा शनिवार विहान आयोजित रक्तदान कार्यक्रममा १ सय जनाले रक्तदान गरेका छन ।
वार्षीकोत्सवको उपलक्ष्यमा हामीले आयोजना गरेको रक्तदान कार्यक्रममा आफुले सोचे भन्दा उल्लेखनीय सहभागीता पाएको र अगामी दिनमा समेत यस्तै शुभ अवसर पारेर यस्ता कार्यक्रमहरु आयोजना गरिने वीरगंज शाखा प्रमुख सन्तोष साहले बताए । विगतमा पनि यस बैंकले धेरै समाजीक कार्यहरुमा सहयोगीको रुपमा रहदै आएकोमा अगामी दिनहरुमा पनि समाजलाई प्रत्यक्ष फाईदा पुग्ने कार्यहरुमा सदैव तत्पर रही सहयोग गर्ने शाखा प्रमुख साहले जोड दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोर्साइटी तथा रक्त संचार केन्द्रले सहयोग गरेका थिए ।