पर्यटन/संस्कृति

मौलिक संस्कृतिलाई पर्यटकीय आकर्षणका रुपमा विकास गर्नु पर्दछ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमाविकास गर्नु पर्ने बताएका छन् ।

किराँतधर्मावलम्बीहरुको चाड उधौलीतथाचासोक तङनामकाअवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीओलीले सो कुरा उल्लेख गरेका हुन् । नेपाली संस्कृतिलाई जीवन्तबनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्रीओलीले उल्लेख गरे । “विभिन्नजातीय समुदायका चाडपर्वमाप्रयोग हुेन बाजागाजा,नृत्य तथाअन्यगतिविधिहरु स्वदेशीतथाविदेशीपर्यटक आकर्षित गर्ने सशक्तमाध्यमबन्न सक्छन् ” प्रधानमन्त्रीओलीको सन्देशमाउल्लेख छ ।

नेपालबहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वहरुले आपसी सद्ध्भाव र सहिष्ण्ुाताको भावना विकास गरेको उल्लेख गरेका छन् । “हाम्रो जातीय,भाषिक र धार्मिकविविधता नै नेपालीलाई एक सुत्रमाबाँध्ने माध्यमभएका छन् ”प्रधानमन्त्रीले शुभकामनामाउल्लेख गरेका छन् ।

मंसिरे पूर्णिमाको दिनखासगरी किराँत राई र सुनुवार जातीले मनाउने उधौलीपर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमामान्यतादिएको प्रधानमन्त्रीओलीले उल्लेख गरे । पाकेको अन्नको न्वागीखाने दिनको रुपमाकिराँतहरुले मनाउने यस पर्वकाअवसरमाप्रधानमन्त्रीओलीले स्वदेश तथाविदेशमा रहेका सम्पूर्ण किराँतजातिमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृतिभएको पनि बताए छन् । उनले योमरीपुन्हि (ज्यापु दिवश )का अवसरमा आज नै एक शुभकामना सन्देश जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् ।

योमरीपुन्हिलाई राज्यले पनिउच्चमहत्वदिंदै चौध वर्ष अघिज्यापु दिवशको घोषणा गरेको हो । नेपालबुहजातीय,बहुधार्मिकबहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्रीओलीले विविधजातीकाविविध संस्कृतिले नेपालीहरुलाई एकताको सुत्रमाबाँधेको उल्लेख गरे ।

प्रधानमन्त्रीओलीले ज्यापु संस्कृतिविकास कोषले नेपालकामौलिक चाड–पर्व र जात्रामनाउँदै भेषभूषा, वाजागाजा, रीति रिवाजलगायत साँस्कृतिक सम्पदाको संरक्षण र सम्वद्र्धनका काम गरेकोमा प्रशंशा समेत गरे ।