आर्थिक

ग्लोबल आइएमई बैंकका थप २ शाखारहित बैंकिङ्ग सेवा र १ एक्टेन्सन काउण्टर शुरु

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले थप २ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार देखि सुर्खेत जिल्लाकोभेरीगंगा नगरपालिका – ११, रामघाटमा १११औँ र मिति २०७५ पौष ५ गते बिहीबार देखि बाँके जिल्लाको बैजनाथ गाँउपालिका – ४, बानियाभारमा ११२ औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

यि दुबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी तथा स्थानीयवासीको रोहवरमा भएको छ । सुर्खेतको रामघाटमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको सुर्खेत शाखा र बाँकेको बानियाभारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कोहलपुर शाखाको मातहतमा रहने छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, DISH HOME/CDMA/UTL को महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

यसका साथै बैंकले मिति २०७५ पौष ३ गते मंगलबार देखि कीर्तिपुर नगरपालिका स्थित त्रिभुवन विश्वविद्मालयको परीक्षा नियन्त्रण कार्यालय, काठमाण्डौमा आफ्नो ७ औँ एक्सटेन्सन काउण्टर सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा रहेको आफ्नो नगदसंकलन काउण्टरलाई स्तरोन्नती गरी एक्सटेन्सन काउण्टरमा रुपान्तरित गरेको हो । यस एक्सटेन्सन काउण्टर बैंकको कीर्तिपुर शाखाको मातहतमा रहने छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा सेवाग्राही विद्मार्थीहरुले विभिन्न शुल्कहरु बुझाउन अझ सहज होस् र विद्मार्थीहरु तथा त्रिभुवन विश्वविद्मालयका कर्मचारीहरुको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने गरि एक्सटेन्सन काउण्टर सुरु गरेको हो ।