आर्थिक

बार्षिक प्रतिबेदन पास गर्दै २१ औं एनआईसीको बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । एनआई सीएशिया बैंकले बुधबार लितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआई सी एशिया क्यापिटल लि. सहितकोआ.व. २०७४/७५ कोएकिकृतवित्तीयविवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागिश्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरिएको छ ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले रु ८०,३१,११,७००/– (अक्षरेपी रु. असी करोड एकतीस लाख एघार हजार सात सय मात्र) बोनस शेयर वितरण गर्न र सोमालाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात रु. ४,२२,६९,०३७/– (अक्षरेपी रु. चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस मात्र)नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी रु ८,०४,००,००,०००/– (अक्षरेपी रु. आठ अर्ब चार करोड मात्र) लाई वृद्धि गरि रु. ८,८४,००,००,०००/–(अक्षरेपी रु. आठ अर्ब चौरासी करोड मात्र) बनाउन, साविक तत्काल चुक्तापूँजी रु. ८,०३,११,१६,९९८/–(अक्षरेपी रु. आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे मात्र) लाई वृद्धि गरी रु. ८,८३,४२,२८,६९८/–(अक्षरेपी रु. आठ अर्ब त्रीयासी करोड बैयालीस लाखअठ्ठाईस हजार छ सय अन्ठानब्बे मात्र)बनाउन स्वीकृत प्रदान गरेको छ ।