आर्थिक

एघार अर्ब ६५ करोड राजश्व सङ्कलन

चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पाँच महीनामा रु ११ अर्ब ६५ करोड ४२ लाख ५६ हजार राजश्व असुल गरेको छ । कार्यालयले लक्ष्यभन्दा १५ प्रतिशत बढी राजश्व असली गरेको हो ।

कार्यालयलाई आन्तरिक राजश्व विभागले दिएको लक्ष्यभन्दा रु एक अर्ब ५३ करोड एक लाख ७० बढी राजश्व बढी असुल गरेको छ । विभागले कार्यालयलाई रु १० अर्ब १२ करोड ४० लाख ८३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो ।

कार्यालयका प्रमुख शुवप्रसाद रिजालका अनुसार आय करतर्फ रु ४२ करोड ३६ लाख एक हजार, ब्याज करतर्फ रु चार करोड ८२ लाख ५९ हजार, मूल्य अभिवृद्धि कर रु ५६ करोड २३ लाख ९४ हजार राजश्व असुल भएको छ ।

यस्तै अन्तःशुल्कमा रु १० अर्ब ५७ करोड ६४ लाख ४२ हजार र अन्य करतर्फ रु चार करोड आठ लाख ६० हजार असली भएको उनले बताए । उनका अनुसार यस कार्यालयको क्षेत्राधिकारभित्र करदाता शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।

करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन सहज भएको रिजालले बताए । कार्यालयले नियमित बजार अनुगमन गर्ने, व्यवसायीसँग करका विषयमा अन्तरसंवाद गर्नेलगायतका काम गरिरहेको उनले बताए । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयमा ४८ हजारभन्दा बढी करदाता रहेका छन् ।