प्रवास

‘स्वदेशमा दुःख, विदेशमा बढी दुःख पाउँदै महिला’

काठमाडौ । दुई सन्तानलाई राम्रोसँग पाल्न पैसा कमाउन कुवेत पुगेकी मनमाया(परिवर्तित नाम)फर्कदा पैसा होइन साथमा छोरा लिएर फर्कीए ।

सानैमा बिहे गरेकी उनीश्रीमान्ले मदिरापान गरेर दुःख दिएपछि सन्तानको सुखी भविष्यका लागि कुवेत जाएकी थिइन् । दलालले धेरै महिला कामदारलाई जस्तै घुमाउरो बाटो हुँदै उनलाई खाडी पु¥यायो । श्रीलङ्का हुँदै कतार पुग्नुभएकी उहाँ घरेलु श्रमिकका रुपमा दैनिक १९÷२० घण्टा काम गरे । खटाइ धेरै भए पनि त्यसैका आधारमा उनको कमाइ राम्रो नै थियो । आराम गर्नका लागि कम समय भए पनि भने जति तलब पाउँदा उनी खुशी नै थिइन् । ३० जनाको परिवारका लागि खाना पकाउने, भाडा माझ्ने र कपडा धुनेलगायतका काममा लागीइन्। काम गरेको घरको साहुनीको भाइले बलात्कार गरेपछि उनी गर्भवती बनीन् । उनले भने, “उसले अरुलाई भनिस् भने नेपाल जान पाउँदिनस् भनेकाले चुपचाप बसिरहेको थिएँ ।”

गर्भवती भएको थाहा पाएपछि साहुनीले अस्पतालमा लगेर शल्यक्रिया गराएको उनले बताइन् । चार दिनसम्म अस्पतालमा हुँदा रेखदेख गर्ने कोही भएन । अस्पतालबाट उनलाई सिधै प्रहरीले जेल लगे । त्यहाँको जेलमा नै उनले साढे तीन महीना काटीन् । रोएर कराएर मलाई नेपाल पठाउनु भन्दै अनुरोध गरेपछि उनी त्यहाँबाट छुट्नुभयो । विमानस्थलमा आइपुगे पनि उहाँसँग फर्कन पैसा थिएन । एकजना वृद्ध महिलासँग रोएपछि उनैले टिकट किन्न पैसा दिइन । अहिले नेपालमा आए पनि उनी घर र माइती कहीँ पनि जान सक्नुभएको छैन । उनी भनीन्, “यो बच्चा बोकेर घर र माइती दुवै फर्कन सकिरहेको छैन ।”

मनमाया उदाहरण मात्रै हो अन्तर्राष्ट्रिय आप्रवास दिवस मनाइरहँदा धेरै महिला कामदार न्यायको खोजीमा भौँतिररहेका छन् । कतिपय महिला बलात्कारपछि जन्मेका सन्तान लिएर फर्किएका छन् भने कतिपय दीर्घरोगका शिकार भएर फर्किएका छन् । खाडीमुलुकमा घरेलु श्रमिकका रुपमा जानेमध्ये कतिपय श्रीमान्लगायत परिवारका सदस्यबाट हिंसा भोगेकाले अन्तिम विकल्प वैदेशिक रोजगारी बनाएका थिए । उनीहरुमध्ये कतिपय महिला उता पुगेर थप पीडित बनेका छन् ।

मनिता (परिवर्तित नाम) चिनजानको महिलाका मार्फत कुवेत पुग्नुभएको थियो । उनको १४ वर्षमा बिहे भएको थियो । श्रीमान् कतार गएपछि छोरालाई पढाउने, बढाउने जिम्मेवारी उनी एक्लैको भयो । श्रीमान्ले विदेशबाट पैसा नपठाएपछि तीनै महिला (जसलाई उनी सानिमा भन्नुहुन्थ्यो)ले आर्थिकरुपमा सहयोग गर्न थालिन । पहिले नपढे पनि जापान पढाउँछु भनेकी ती महिलाले जापान जान धेरै पैसा लाग्ने भन्दै कुवेत पठाउने कुरा गरिन । पैसा कमाएर छोरा सजिलै पाल्न सक्छु भन्दै उहाँ राहदानी बनाउनेलगायतका तयारीमा जुटीइन् । यहाँबाट भारत जाँदा ती महिलाले “भारतमा दिदी भिनाजु छन् त्यही जान्छु” भनेर जाँच हुने ठाउँमा झुटो बोल्न सिकाइन । केही समय भारतमै एउटा परिवारका लागि काम गरेपछि मनिता त्यहाँबाट कुवेत पुगीइन् । उनी भनीन्, “भनेकै ठाउँमा पुगेपछि के न होला भनेको उता पनि केही भएन ।”

मनिता कुवेत पुग्दा एउटा कोठामा बन्धक भएका सात जना महिला र एकजना पुरुष भेटीइन्। तीमध्ये एकजना गर्भवती महिलाले उनीलाई आफूहरु सबै बेचिएर यहाँ आइपुगेको भनीइन् । मनिता त्यहाँबाट अनेक बहाना गरेर फुत्कनुभयो र भारत पुगीइन् । उनको खोजीमा भारत पुगेका माइतीसँगै नेपाल फर्किएर आईन् । अहिले उनले दलाललाई पक्राउ गराउन सफल हुनुभएकी छन् । उनले भने, “विदेश गएर पनि केही कमाउन नसके पनि अब दलाल पक्राउ परेकाले उसलाई कारवाही भइदिए हुन्थ्यो भन्ने लागेको छ ।”

घरेलु श्रमिकका रुपमा खाडी पुग्दा दुईतीन घण्टा आराम गरेर २०/२१ घण्टासम्म काम गर्दासमेत भने जति तलब नपाउने पीडा उनीहरुले भोगेका थिए । अधिकारका कुरा उठाएकै भरमा कारागारमा पर्ने नेपाली महिला धेरै छन् । कतिपय महिला कामदारले शारीरिक, मानसिक, यौनजन्य हिंसा भोगेर स्वदेश फर्किएका छन् । यहाँबाट एउटा देश भन्दै लगेर अर्को देश पु¥याउने, भनेकोभन्दा बढी काम र कम तलब नहुँदा उनीहरु पीडित बनेका हुन् ।