राजनीति

निर्बाचन हारियो भन्दैमा हिन्दू धर्म र राजतन्त्रको एजेण्डा छाडिदैनः अध्यक्ष थापा

राँझा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा पराजित भए पनि पार्टीको सिद्धान्त र औचित्य समाप्त नभएको बताएका छन् । आज नेपालगञ्जमा आयोजित प्रदेश नं ५ स्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले अँगालेको हिन्दू धर्म र राजतन्त्रको एजेण्डा बलियो हुँदै गएको दाबी गरे ।

उनले पार्टी पटक–पटक सरकारमा जाँदा जनतामा सिद्धान्त नै छोड्यो भन्ने भ्रमलाई चिर्न नसक्नु, निर्वाचनको पूर्वसन्ध्यामा पार्टी फुट्नु तथा चुनावी तालमेल र सहमतिमा धोका हुँदा अप्रत्याशित नतिजा आएको बताए ।

पार्टी एकताका लागि आफू निरन्तर वार्ता र सम्पर्कमा रहेको बताउँदै उहाँले सकारात्मक भएर आए वार्ता तत्कालै हुने तर एकताको अलमलमा पार्टीलाई रोक्न नसकिने बताए । नेपालमा हिन्दू राष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न पार्टीलाई चलायमान बनाउन सङ्गठन निर्माण, जनपरिचालन, पार्टी एकता र सङ्घर्षको कार्यनीति बनाएर अगाडि बढेको पनि उनले उल्लेख गरे ।