आर्थिक

सिभिल बैंक र ज्योती लाईफ इन्स्योरेन्सबीच नयाँ सम्झौता

काठमाण्डौ । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे ।

अब ज्योती लाईफ इन्स्योरेन्सका जीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) रु अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुलशाखा संख्या ७१ रहेको छ ।