मनोरञ्जन

आमाको माया गुमाई भावह्वील बनेका सुमित पाठक के बन्छन् त नेपाल आईडल ?

काठमाण्डौ । नेपाल आईडलको हजारौं प्रतिष्पधीलाई उछिनेर गोल्डेन माईक जित्दै डाईरेक्ट टप १२ मा आउन सफल भएका सुमित पाठक सुरुङ्गा झापाका बासिन्दा हुन् । सामान्य परिवारका पाठकले १० बर्षको उमेरमा आमा गुमाए, आमाको निधनपछि दिदीहरुबाट आमाको माया पाएका उनी प्रतिष्पर्धाको अन्तिम चरणमा आएका छन् । पोखराका विक्रम बराल, धनगढीका रबि ओढ, झापाकी अश्मिता अधिकारीसंग प्रतिश्पिर्धामा रहेकोमा पाठकलाइ हजारौ दर्शकहरुले उत्कृष्ठ मान्दै आएका छन् ।

बाध्यबाधनमा राम्रो दख्खल राख्नेमात्र नभएर नारायण गोपाल, जगजीत सिंह, गुलाम अली तथा कैलाश खेर लगायत अन्तर्राष्ट्रिय स्तरका गायकका गीतहरु गाँउदै पप तथा लोक बिधामा आफ्नो उत्कृष्ट प्रतिभा प्रश्तुत गरिसकेका छन् ।

उनले चार प्रतिष्पर्धीमा परेपछि भाबनात्मक रुपमा आफन्त तथा आफ्ना शुभचिन्तकहरुलाई मार्मिक रुपमा आफूलाइ मतदान गर्न आग्रह गरेका छन् ।

‘आदरणीय मेरा प्रियजनहरू, आफन्तहरू, देश विदेशमा रहेर मलाई माया गर्नुहुने मेरा शुभचिन्तकहरू, यहाँहरूलाई मेरो हार्दिक हार्दिक नमस्कार !

हजुरहरूको मायाले मलाई आज यस्तो बिन्दुमा ल्याइपुर्याएको छ कि मसँग त्यसको व्याख्या गर्नसक्ने कुनै शब्द नै छैन । २ ४ दिन अघिसम्म मलाई लाग्दैन थियो कि म त्यति धेरै मानिसहरूको माया पाउँछु तर नेपाल आइडलले आफुसँग राखेको केही महिनापछि आफ्नो गाउँघर पुग्दा साँच्चै अर्कै भएछु जस्तो लाग्यो । यसका लागि मैले नेपाल आइडललाई जति धन्यवाद दिएपनि कम हुन्छ । हामी चारैजनालाई नेपाल आइडलले लामो समयपछि आ–आफ्नो घरगाउँ पठाएर एउटा परीक्षामा उत्तीर्ण हुने मौका दिएको छ । हामीले यति धेरै माया पाएका छौँ र त्यही नै हो हामीले उत्तीर्ण गरेको परीक्षा पनि । यसको सम्पूर्ण श्रेय नेपाल आइडललाई जान्छ ।

मैले भद्रपु एयरपोर्टमा पाइला टेक्दा पहिलोपल्ट महसुस गरेँ साँच्चै शुभचिन्तकको माया कस्तो हुँदोरहेछ जसले अहोरात्र खटेर मलाई टप ४ मा ल्याइ पुर्याउनुभयो उहाँहरूको मायाको बदलामा म केही दिन सक्दिन । झापाका विभिन्न ठाउँहरूमा मैले सारै थोरैबेर मात्र समय दिन पाएँ तर मेरो प्रतिक्षामा लामो समय बस्नुहुने मेरा तमाम प्रियजनहरूलाई म केही दिन सक्दिन । यो छोटो समयमा म पुगेका ठाउँहरूमा मेरा शुभचिन्तकहरूले गर्नुभएको व्यवस्थापन र भिँड जो मेरा लागि थियो त्यो देखेर म नतमस्तक भएको छु ।

साँच्चै संगीतको जात, धर्म, भाषा, सिमाना नहुँदोरहेछ । हामीसँग समय थिएन नत्र देशका सबै ठाउँमा पुग्न मन थियो किन भने मलाई देशका सबै ठाउँबाट भोट आएको छ । काठमाण्डौमा मलाई माया गर्ने लाखौँ हुनुहुन्छ । यो छोटो समयमा निश्चित ठाउँभन्दा अन्त जान नसके पनि देशका सबैठाउँमा मन पुर्याएको छु । विदेशका सम्पूर्ण शुभचिन्तक सँगै छ मेरो मन । म यहाँहरूलाई वचन दिन्छु, म यहाँहरूको माया सम्झेर आउने छु ।

म यतिखेर नेपाल आइडलको फाइनलमा छु । अब एक साताको लागि भोटिङ लाइन खुलिसकेको छ। मलाई यहाँहरूले धेरै दिइसक्नु भएको तर अब यो अन्तिम चोटी हो । यहाँहरूले यति धेरै माया गरिरहनु भएको मलाई नेपाल आइडल बनाउन अब हजुरहरू बाहेक अरु कसैले सक्दैन त्यसैले यहाँहरूको शरणमा छु, अन्तिम एकचोटी हार्दिक हार्दिक अनुरोध गर्दछु ।

हजुरहरूको प्रिय सुमित पाठक ।’